२७ माघ २०८२, मंगलवार
Follow Us

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८२, मंगलवार ०६:०२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तीन लाख ५ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा तीन लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलामा पाँच हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको