२० भाद्र २०८२, शुक्रबार
Follow Us

किरण पञ्जाव एफसीमा अनुबन्ध

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८०, बुधबार ०५:४७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी टिममाअनुबन्ध भएका छन् ।

भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो ।

पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक खेल खेलेका थिए । किरण नेपालका लागि सर्वाधिक ८९ खेल खेल्ने खेलाडी हुन् ।

धेरै पढिएको