मुख्य समाचार

महान्यायाधिवक्ताको रायले पाठक फन्दामा पर्ने निश्चित

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ।

अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो।
महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएको हो। नागरिक दैनिकमा खबर छापिएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्