१९ भाद्र २०८२, बिहीबार
Follow Us

शेयर बजार २७ अङ्कले बढ्यो

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८०, बुधबार १३:५७

काठमाडौँ । शेयर बजार आज बुधवार २७ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटेल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ ।आज सात वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

धेरै पढिएको