२१ भाद्र २०८२, शनिबार
Follow Us

अटो चालकद्वारा बञ्चरो प्रहार गरी दुई महिलाको हत्या

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०८१, आईतवार ०५:२८

दाङ । दाङमा शनिबार बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ ।

घोराही उपमहानगरपालिका –१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगरनगरपालिका–२ की ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको हो । दाङ प्रहरीकाडिएसपी जनकबहादुर मल्ले हत्या आरोपमा रोल्पा थवाङ गाउँपालिका–२ घर भई घोराहीउपमहानगरपालिका–१७ चौघेरा बस्दै आएका ५७ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरिएकोजानकारी दिए । उनका अनुसार घर्ती अटो चालक हुन् ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।

धेरै पढिएको