काठमाडौँ । दाङमा श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन् । आज बिहान दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरेको आरोपमा सेनाका जवान ३६ वर्षीय सालिकराम बुढाथोकी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
बिहानै हत्या गरेर फरार रहेका बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएका छन । सल्यान जिल्लाको कपुर कोट ६घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमलदार बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
शान्ति सेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।