२८ आश्विन २०८२, मंगलवार
Follow Us

तेब्बर जरिवाना माग दाबी गर्दै सुनील पौडेलविरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८१, बुधबार १३:३७

काठमाडौँ । सुनील पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो ।

विभागका सूचना अधिकारी (अनुसन्धान अधिकृत) नवराज अधिकारीका अनुसार पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसुर गरेकोले दुई करोड ३२ लाख ३७ हजार बिगो कायम गरिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहिसकेका सुनिल पौडेलविरुद्ध यसअघि पनि अख्तियारले विभिन्न भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

धेरै पढिएको