२३ भाद्र २०८२, सोमबार
Follow Us

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन उपाध्यक्षकै लहरमा

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८१, आईतवार १३:४१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् । उनी केन्द्रीय समिति बैठकमा अध्यक्ष र उपाध्यक्षकै लहरमा बसेका छन् । अहिलेसम्म पुनको वरियता टुंङ्गो नलागेको पनि बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् ।

केन्द्रीय समिति बैठकको मञ्चमा राखिएका सोफाको अघिल्लो लहरमा छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘उहाँ उपाध्यक्षकै लहरमा बस्नुभएको छ, वरियता चाहिँ टुंगिएको छैन्, ‘केन्द्रीय समितिमा साथीहरूले कुरा ल्याउनुहुन्छ होला ।’

पुनसहित अघिल्लो लहरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र महासचिव देव गुरुङ छन् । माओवादीको पहिरो वरीयतामा प्रचण्ड र दोस्रोमा श्रेष्ठ छन् ।

त्यस्तै, तेस्रो महरा, चौथो सापकोटा, पाँचौँ वरीयतामा भुसाल छन् । महासचिव गुरुङ माओवादीको छैटौं वरीयतामा छन् ।

धेरै पढिएको