ताजा खबर

दुर्गा प्रसाईका दाइ राकेश सोधपुछका लागि पक्राउ

गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहका राष्ट्रिय जनआन्दोलनका जनकमाण्डर घोषित दुर्गा प्रसाईका दाजु राकेशलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ ।

पेरिसडाडास्थिपत राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाण्डू ल्याइएको स्रोतले जानकारी दिएको छ ।

आइतबार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले जानकारी दिएका छन ।

राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता समेत हुन । ती अधिकारीले भनेः राकेश प्रसाई दुर्गा प्रसाईजस्तै अन्टसन्ट बोलेर सामाजिक संजालतिर भाइरल भइरहेका व्यक्ति हुन् ।

उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो । मुद्दा चल्ने खालका आधार नभएकाले सम्भवतः उनलाई सोधपुछपछि छाडिन्छ होला । दुर्गा प्रसाईका जेठ दाइ लक्ष्मी,माइला राकेश हुन् भने दुर्गा साइला हुन् । अर्की आमातिरका भाइ नरेन्द्र प्रसाई अष्ट्रेलियामा छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता