१४ भाद्र २०८२, शनिबार
Follow Us

व्यवसायी लामिछानेद्वारा पर्वतको विद्यालयमा शैक्षिक सामग्री सहयोग

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८२, मंगलवार १९:५४

लन्डन । वेलायतस्थित एक व्यवसायीले आफुले अध्ययन गरेको विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

पर्वतको तिलाहार जन्मथलो भएका, नव जागृत माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी तथा व्यवसायी रविन्द्र जंग लामिछानेले आफ्ना शिक्षा-प्रेमी तथा समाजसेवी दिवंगत पिता चन्द्र जंग लामिछाने र माता श्रीमती रुक्बिना लामिछानेको पुण्य स्मृतिमा उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक बिष्णु सुबेदीका अनुसार, लामिछानेले ‘लामिछाने फाउन्डेशन, युके’ र ‘रवि चन्द्र ट्रस्ट, नेपाल’ मार्फत हरेक वर्ष विद्यालयलाई शैक्षिक सामग्री र स्कुल ब्याग प्रदान गर्दै आएका छन्।

विद्यालयको अनुरोधलाई स्वीकार गर्दै लामिछानेले यस वर्ष विद्यालयका लागि आवश्यक स्कुल बस आगामी दशैंको शुभ साइतमा प्रदान गर्ने निर्णय भएको जानकारी सुबेदीले दिए।

लामिछाने लोकप्रिय ब्राण्ड ‘जिनी लन्डन’ का संस्थापक हुन्। सो ब्राण्डले फाउन्डेशनका परोपकारी कार्यका लागि निरन्तर आर्थिक सहयोग गर्दै आएको छ।

धेरै पढिएको