काठमाडौं । अमेरिकाले थप ३७ नेपालीलाई अमेरिकाबाट निष्कासन गरेको छ । अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो ।
उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाण्डू आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।
अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । निष्काशित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन ।