लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सक्रिय अभियन्ता तथा अमेरिकाको टेक्सासस्थित व्यवसायी हरिबोल भण्डारीको निधन भएको छ ।
एनआरएनएका महासचिव गौरीराज जोशीका अनुसार भण्डारीको निधन सोमबार भएको हो । उनी संघका पूर्व सल्लाहकार तथा नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेकाछन् ।
गत निर्वाचनमा भण्डारीले नेपाली कांग्रेसको तर्फबाट संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेका थिए । अमेरिकास्थित नेपाली समुदायमा परिचित भण्डारीको निधनले त्यहाँको समुदाय स्तब्ध बनेको छ ।
उनको निधनको कारण भने अझै पुष्टि हुन बाँकी रहेको बताइएको छ ।