३० भाद्र २०८२, सोमबार
Follow Us

जेनजी आन्दोलनमा आगजनी भएको एनआरएनए केन्द्रीय कार्यालय बन्द

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०८२, सोमबार ०१:३८

लण्डन । जेनजी आन्दोलनको क्रममा बालुवाटारस्थित गैरआवासीय नेपाली संघको मुख्य सचिवालय रहेको भवन आंशिक रूपमा क्षतिग्रस्त भएको हुँदा यसको पुनर्निर्माण सम्पन्न नभएसम्म मिति २०८२ भदौ ३० गतेदेखि (१५ सेप्टेम्बर २०२५) अर्को सूचना जारी नभएसम्मका लागि संघको सचिवालय अस्थायी रूपमा बन्द रहने संघले जनाएको छ ।

संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार सचिवालयका सम्पूर्ण कार्यहरू घरबाट सम्पादन गर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाबाट अत्यावश्यक सेवा प्रवाहमा कुनै असर नपर्ने संघले जनाएको छ ।

संघले यस क्रममा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गरेको छ । जेनजी आन्दोलनका क्रममा संघको केन्द्रीय कार्यालयमा पार्क गरिएका दुईवटा कार ध्वस्त पारिएको थियो भने आगजनीकै क्रममा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

धेरै पढिएको