ताजा खबर

७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक पक्राउ

नवलपरासी (पश्चिम) । ७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

जिल्लाको सुस्ता गाउँपालिका १ स्थित वनदेवी बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५७ वर्षीय केवल चमारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

फागुन ४ गते बालिका मिठाई किन्न भनि पसलतर्फ जादै गरेको अवस्थामा जबर्जस्ती समाती चमारले आफ्नै घरको ट्वाईलेटमा लगी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news