२ आश्विन २०८२, बिहीबार
Follow Us

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८२, बिहीबार ०५:४३

काठमाडौं । साफ सत्र वर्ष मुनि फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ । आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

मंगलबार भारतले माल्दिभ्समाथि ६–० को जित दर्ता गरेको हो । सँगै भारतले ३ अंक जोडेको छ । अर्को खेलमा पाकिस्तानले पनि भुटानलाई ४–० ले पराजित गर्दै ३ अंक जोडेको छ ।

धेरै पढिएको