२ आश्विन २०८२, बिहीबार
Follow Us

नेपाल प्रहरीका ९० डिएसपी र ४८ एसपीको सरूवा

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८२, बिहीबार ०५:४४

काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपी र ९० जना डिएसीको एकसाथ सरुवा भएको छ ।

जेनजीको आन्दोलन लगत्तै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एकसाथ एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन् । नेपाल प्रहरीले हिजो बुधबार सार्वजनिक गरेको सूचीमा ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी) र ९० प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ ।

सरुवासँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर गरिएको छ । लामो समयदेखि इन्चार्ज नपाएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन् । मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन् ।

अन्य विभिन्न कार्यालय अन्तरगतका एसपीहरूलाई पनि सरुवा गरिएको छ । यसैगरी नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षकको एकसाथ सरुवा गरिएको छ । सरुवा हुनेहरूमा काठमाडौं उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू छन् । केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन् ।

धेरै पढिएको