काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत सोमबार बन्धकहरूको रिहाइ प्रक्रिया सुरु हुने भएको छ । यसै क्रममा गाजा पट्टीमा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि सीएनएनले विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो । तर, अहिले टाइम्स अफ इजरायल, एपीसहितका प्रतिष्ठित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिन जोशीको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
शुक्रबार सम्पन्न युद्धविराम सम्झौतासँगै सोमबारदेखि मंगलबारसम्म बन्धकहरूको रिहाइ हुने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले पनि दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको छ । यसरी, विपिन जोशीसहितका २२ जना जीवित बन्धकहरूको सुरक्षित फिर्तीको सम्भावना बढेर गएको छ ।
जीवित ठानिएका बन्धकहरू यी हुन्:
गाली बर्मन (Gali Berman)
जिभ बर्मन (Ziv Berman)
एलकाना बोहबोट (Elkana Bohbot)
रोम ब्रास्लाभस्की (Rom Braslavski)
निमरोड कोहेन (Nimrod Cohen)
एरियल क्युनियो (Ariel Cunio)
डेभिड क्युनियो (David Cunio)
एभ्याटर डेभिड (Avyatar David)
गाय गिल्बोआ-दलाल (Guy Gilboa-Dalal)
म्याक्सिम हार्किन (Maxim Harkin)
इटान हर्न (Eitan Horn)
सेगेभ काल्फोन (Segev Kalfon)
बार कुपर्श्टाइन (Bar Kupershtein)
मातान आङ्ग्रेस्ट (Matan Angrest)
ओम्री मिरान (Omri Miran)
इटान मोर (Eitan Mor)
तामिर निम्रोदी (Tamir Nimrodi)
योसेफ-चैम ओहाना (Yosef-Chaim Ohana)
एलोन ओहेल (Alon Ohel)
अविनाटन ओर (Avinatan Or)
विपिन जोशी (Bipin Joshi)
मातान जंगाउकर (Matan Zangauker)
यो सूचीले विश्वभरि रहेका यी बन्धकका परिवारजनमा ठूलो राहत र खुसी ल्याएको छ । नेपाल सरकारले विपिन जोशीको सकुशल फिर्तीका लागि आवश्यक सबै कूटनीतिक पहल गरिरहेको छ । देशका नागरिकहरू विपिनको घर फिर्तीको कामना गरिरहेका छन् ।