काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ इतिहास रचेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज छापावाला सुन प्रति तोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिन मंगलबारको २ लाख ४८ हजार ५ सय रुपैयाँ भन्दा ४ सय रुपैयाँले बढी हो ।
यता, सुनको मूल्य आकाशिएको बेला चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार प्रति तोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २४० रुपैयाँमा झरेको छ । यो ८५ रुपैयाँको गिरावटले चाँदी खरिदकर्तालाई केही राहत मिलेको छ ।