७ कार्तिक २०८२, शुक्रबार
Follow Us

एमाले बैठकमा भीम रावल लगायत सबैको कारबाही फिर्ता गर्न माग

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०८२, बिहीबार १२:४४

काठमाडौं । एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका छन । आज (बिहीबार) पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने तर्क गरेका हुन ।

त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने पनि बताएका छन । बैठक नेता रावलले भने, ‘विद्या भण्डारीको सदस्यता नवीकरण रोक्न हुँदैन ।

भीम रावल लगायत सबैको कारबाही फिर्ता हुनपर्छ ।’ उनले एमालेका सबै सदस्यहरू भागेर लुकेकाहरू भएको भन्दै यथार्थपरक बन्न पनि आग्रह गरे ।

‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्गपरक बनौं,’ रावलको आग्रह थियो, ‘देश गम्भीर संकटमा छ, संविधान मुर्छित, लोकतन्त्र घाइते र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा छ । घनघोर षडयन्त्र र आकर्मणको सम्भावना टरेको छैन ।’

धेरै पढिएको