७ कार्तिक २०८२, शुक्रबार
Follow Us

तोलामा ७ हजार १ सयले बढ्यो सुनको मूल्य

नेपालब्रिटेन संवाददाता
३१ आश्विन २०८२, शुक्रबार ०५:१४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार एक सय रुपैयाँले बढेर दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

धेरै पढिएको