७ कार्तिक २०८२, शुक्रबार
Follow Us

अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८२, आईतवार ०४:२२

काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

एसपी भट्टराईका अनुसार, पौडेलसहित अर्का एक युवक पनि घटनामा घाइते भएका छन् । धनबहादुर गिरी नाम गरेका युवकसहित पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

‘महिलाले आफैंलाई जलाउने प्रयास गरेको भन्ने खबर पाएपछि हाम्रो टोली पुगेको थियो, अहिले अस्पताल लगिएको छ,’ एसपी भट्टराईले भने ।

धेरै पढिएको