६ कार्तिक २०८२, बिहीबार
Follow Us

कुटपिटबाट युवकको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०८२, बिहीबार ०६:४०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ५ मा गएराति कुटपिटबाट एक युवकको ज्यान गएको छ । बिर्तामोड नगरपालिका ५ बस्ने ३० वर्षीया जगन राजवंशीको टाउकोमा बाँसले प्रहार गर्दा उनको उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

गएराती बुधवार साँझ साढे ६ बजेको समयमा विवाद भई झगडा हुँदा उहाँलाई वर्ष २६ का हेमकुमार चौधरीले टाउकोमा बाँसले प्रहार गरि गम्भिर घाइते बनाएका थिए ।

घाइतेलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । बाँस प्रहार गर्ने चौधरीलाई लुकेको अवस्थामा झापा शिवसताक्षी नगरपालिका ७ ब्याङडाँडाबाट लुकेको अवस्थामा विहान २: १५ बजेको समयमा नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको चौधरीलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडले राखिएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको