काठमाडौँ। गत भदौ अन्तिम साता जेनजी युवाको प्रदर्शनमा कलाकार निश्चल बस्नेत पनि सहभागी भएको भिडियो सार्वजनिक भएको छ ।
बानेश्वर क्षेत्रमा संसद् भवन जलिरहेका बेला उनले एक भिडियोमा अरू कसैले गर्न नसकेको काम जेनजीले गरेको भन्दै उनीहरूलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘यो जेनजी युगको सुरुवात हो । उनीहरूले गरेर देखाएका छन् । थ्यांक्यू उनीहरूलाई ।’
यो भिडियो सार्वजनिक भएपछि आगजनी र तोडफोडमा निश्चल पनि संलग्न भएको भन्दै कतिपयले उनको आलोचना गरिरहेका छन् । तर निश्चलले ढुंगा हानेको र आगजनी नगरेको जिकिर गरेका छन् ।
उनले आफूमाथि छानबिन गर्न आग्रह गर्दै दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको पनि बताएका छन् ।
‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् मलाई जे सजाय दिए पनि भोग्न तयार छु,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु ।’