१ माघ २०८२, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७७, आईतवार ०६:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् । उनीसँगै उनकी श्रीमति राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छन् । दोस्रो चरणको खोप कार्यक्रम अनुसार उनीहरुले खोप लगाएका हुन् । त्यस्तै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि खोप लगाएका छन् ।

धेरै पढिएको