काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तीन हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।