काठमाडौं । विपक्षी दलहरुले जेनजी आन्दोलनमा भएको नरसंहारको जिम्मेवारी लिएर प्रधानमन्त्री केपी ओलीले पद छाड्नुपर्ने निर्णय गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले ओलीले अबिलम्ब राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको हो ।
बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले ओलीले राजीनामा दिएर युवाको माग सम्बोधन गर्नुपर्ने निस्कर्ष निकालिएको बताए ।
उनले भ्रष्टाचारी सरकार मुलुकले अब धान्न नसक्ने उल्लेख गरे । छलफलमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायत दलका नेता सहभागी थिए ।