लण्डन। नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई आगामी पुस १५ गते (डिसेम्बर ३० तारिख) भित्र नयाँ अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।
जनसम्पर्क समिति विभागका प्रमुख किरण पौडेलले मंगलवार एक परिपत्र जारी गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते बसेको बैठकले पार्टीको १५औँ महाधिवेशन २०८३ पुस २६, २७ र २८ गते गर्ने निर्णयअनुसार अधिवेशनसम्बन्धी कार्यतालिका पठाएका हुन्।
परिपत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण कार्य निर्धारित समयमै पूरा गरी पठाउन, समितिहरूका अध्यक्षहरूले बैठक निर्णय प्रतिवेदन, क्रियाशील सदस्यताको नयाँ र नवीकरण फारम (टेम्प), जनसम्पर्क समितिहरूका पदाधिकारी तथा सदस्यहरूको विवरण (चेकरसहित) पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने उल्लेख गरिएको छ।
त्यससँगै, केन्द्रीय रूपमा स्वीकृत भएका क्रियाशील सदस्यता तथा नेपाली जनसम्पर्क समितिका सदस्यहरूको आधारमा अधिवेशन सम्पन्न गरी आवश्यक कागजात पठाउन समेत अनुरोध गरिएको छ।
