६ माघ २०८२, मंगलवार
Follow Us

प्रभु बैकका सीईओसहित अन्य व्यक्तिलाई थप दुई दिन थुनामा राख्न अनुमति

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०८२, शुक्रबार १२:१६

काठमाडौँ । बैंकिङ कसूर मुद्दाको अनुसन्धानका लागि प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई दुई दिन थुनामा राख्न म्याद थप भएको छ।

उच्च अदालत पाटनको वाणिज्य इजलासका न्यायाधीशहरू सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको इजलासले थप दुई दिन म्याद थप हुने आदेश गरेको हो ।

राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानुन विपरीत काम गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूका नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न रहेको भन्दै सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो ।

धेरै पढिएको