८ पुष २०८२, मंगलवार
Follow Us

विदेश भ्रमण रोक्का गर्ने निर्णय फुकुवा

नेपालब्रिटेन संवाददाता
८ पुष २०८२, मंगलवार १३:०४

काठमाडौँ । जेन्जी आन्दोलनका घटना सम्बन्धी जाँचबुझ आयोगले विदेश भ्रमणमा रोक्का लगाउने निर्णय फुकुवा गरेको छ ।

आयोगले गत भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व गृह सचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरिक्षक चन्द्रकुवेर खापुङ र काठमाडौँ जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने निर्णय गरेको थियो ।

साथै आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय भएको थियो ।

गत असोज १२ र कात्तिक २७ को बैठकबाट गरिएको उक्त निर्णय उपरको कार्य सम्पन्न भइसकेकोले उनीहरूको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरिएको आयोगका उपसचिव कमल प्रसाद पाण्डेले जानकारी दिए ।

धेरै पढिएको