८ पुष २०८२, मंगलवार
Follow Us

महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत

नेपालब्रिटेन संवाददाता
८ पुष २०८२, मंगलवार १३:०४

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको उनले बताए ।

आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको बताए । आफू २६ पुसमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

कोइरालाले भने, ‘काँग्रेस महाधिवेशनबारे सबैलाई किन चिन्ता लागेको हो मैले बुझेको छैन । एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर ४/४ वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने रु नेपाली काँग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’

नेता कोइरालाले सरकारले निर्वाचन २१ फागुनमा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै नदेखिएको उनले बताए ।

धेरै पढिएको