२७ पुष २०८२, आईतवार
Follow Us

एनआरएनए अधिवेशन: डा. हेमराज शर्मा मलेसियामा, भोलि विशेष कार्यक्रम आयोजना हुँदै

नेपालब्रिटेन संवाददाता
२७ पुष २०८२, आईतवार १३:४९

लण्डन । एकताको सन्देश बोकेर विश्वव्यापी भ्रमणमा निस्कनु भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्मा मलेसिया पुग्नु भएको छ।

डा. शर्मा आइतबार साँझ मलेसिया आइपुग्दा उहाँको स्वागतका लागि गैरआवासीय नेपाली संघका अभियन्ताहरू विमानस्थल पुगेका थिए।

डा. शर्माको स्वागत तथा सम्मानको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपानेका अनुसार संघका केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा सोमबार उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो।

क्वालालाम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन एनआरएनए मलेसियाले सबैलाई आह्वान गरेको छ।

डा. शर्माको स्वागतका लागि संघका उपाध्यक्ष खगेन्द्र न्यौपाने, एशिया क्षेत्रीय संयोजक हरि भट्टराई, एनसीसी अध्यक्षद्वय राकेश कुमार महतो र इन्द्र नारायण लिम्बु, एनसीसी उपाध्यक्षहरू दिल केरुङ, बलध्वज लिम्बु, खेमराज खत्री, सचिव उमेश कोइरी महतो तथा महिला संयोजक इन्दु बस्नेत विमानस्थल पुगेका थिए।

धेरै पढिएको