आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि आजको अभ्यास खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ४ विकेटले पराजित गरेको हो। मुलपानीस्थित माथिल्लो क्रिकेट रंगशालामा अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाइन्। पूजा महतोले पनिअविजित ४३ रन बनाइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। अमेरिकाका लागि एला क्लारिजले ३९ रन बनाएकी थिइन । नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिइन्।