२८ पुष २०८२, सोमबार
Follow Us

ओलीसँग चुनाव लड्न मेयरबाट राजीनामा दिने बालेनको तयारी

नेपालब्रिटेन संवाददाता
२८ पुष २०८२, सोमबार १२:२८

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताको रूपमा आबद्ध भएका उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने योजना बनाएका हुन् ।

उनको सचिवालयका एक सदस्यका अनुसार निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते मनोनयन दर्ता हुने भएकाले दुई दिनअघि नै राजीनामा दिएर झापा जाने तयारी छ । रास्वपाले बालेनलाई प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गरिसकेको छ ।

झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जहाँबाट उनी लगातार विजयी हुँदै आएका छन् । यद्यपि, २०६४ को संविधानसभा निर्वाचनमा भने ओली तत्कालीन माओवादी उम्मेदवारसँग पराजित भएका थिए । बालेनले ओलीलाई हराउने लक्ष्य राख्दै यो क्षेत्र रोजेको निकटस्थ स्रोतले बताएको छ ।

आइतबार बालेनले ललितपुर–१०, ज्वागलस्थित आफ्ना सचिवालय सदस्य कुमार बेनको घरमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग डेढ घण्टा छलफल गरेका थिए ।

पाठकका अनुसार, बालेनले झापा–५ बाट लड्ने निधो गरिसकेको बताएका छन् । उनको टिमले क्षेत्रको विकास निर्माण, पुराना दलहरूको अवस्था र स्थानीय वस्तुस्थितिबारे सामान्य सर्वेक्षण गरेको जानकारी पनि गराएका थिए ।

यसैगरी, बालेनले थारू समुदायका अगुवा लक्ष्मण थारू, सुरेन्द्र चौधरीलगायतसँग पनि भेटवार्ता गरेका छन् ।

धेरै पढिएको