४ माघ २०८२, आईतवार
Follow Us

मेयरबाट राजीनामा दिएर घण्टीघर छिर्दै बालेन, रास्वपा बैठकमा बस्ने

नेपालब्रिटेन संवाददाता
४ माघ २०८२, आईतवार ०५:२६

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् । स्थानीय सरकारको नेतृत्व सम्हालेको करिब दुई वर्षपछि शाहले राष्ट्रिय राजनीतिमा सक्रिय हुने उद्देश्यले महानगरको प्रमुख पद त्याग्न लागेका हुन् ।

राजीनामापश्चात् उनी आज दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समितिको विशेष बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । आजको बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली टुङ्गो लगाउने बुझिएको छ ।

स्वतन्त्रबाट महानगरको नेतृत्वमा पुगेका शाहले यसपटक संसदीय राजनीतिमा पनि शक्तिशाली दाबेदारी प्रस्तुत गर्ने भएका छन् । उनी झापा क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रने तयारीमा रहेको स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकै प्रतिस्पर्धात्मक वातावरणमा उनले झापा रोज्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

रास्वपा र बालेन शाहबीच भएको भनिएको आन्तरिक सहमतिअनुसार उनलाई पार्टीको ‘वरिष्ठ नेता’को जिम्मेवारी दिइनेछ । साथै, रास्वपाले शाहलाई आगामी निर्वाचनमा ‘भावी प्रधानमन्त्री’का रूपमा अघि सार्ने गरी चुनावी रणनीति तय गरेको बताइएको छ ।

धेरै पढिएको