९ माघ २०८२, शुक्रबार
Follow Us

एमाले ओखलढुंगामा पहिरोः अध्यक्षसहित पुरै जिल्ला कमिटी नेकपा प्रवेश

नेपालब्रिटेन संवाददाता
९ माघ २०८२, शुक्रबार १२:२४

काठमाडौं । एमालेको ओखलढुंगा जिल्ला कमिटी सिंगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा एमाले जिल्ला कमिटीका ३८ जना नेकपामा समाहित भएका हुन् ।

नेकपामा समाहित हुनेमा एमाले ओखलढुंगा अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वालसहित जिल्ला कमिटीका ३८ नेता छन् । उनीहरुलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरे ।

अध्यक्ष केपी ओलीले जिल्ला कमिटीको आधिकारिक सिफारिस गरिएका अम्बिरबाबु गुरूङ, यज्ञराज सुनुवारसहित ५ जनालाई छुटाएर अध्यक्ष केपी ओलीले सिफारिसमा नामै नभएकी आफ्नी खेमाकी अस्मिता थापालाई टिकट दिएपछि एमाले ओखलढुंगामा पहिरो गएको हो । लगत्तै गुरूङले एमाले परित्याग गरेका थिए । उनलाई नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

धेरै पढिएको