९ माघ २०८२, शुक्रबार
Follow Us

महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान

नेपालब्रिटेन संवाददाता
९ माघ २०८२, शुक्रबार १२:३८

काठमाडौँ । म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनलाई निर्वाचन प्रयोजनका लागि त्रिभुज चुनाव चिह्न प्रदान गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार उपस्थित भई पुनले उपलब्ध गराइएका विकल्पमध्येबाट उक्त चिह्न छनोट गरेका थिए। चिह्न छनोटको प्रक्रिया पूरा भएपछि आयोगले उनलाई औपचारिक रूपमा त्रिभुज चुनाव चिह्न उपलब्ध गराएको हो।

निर्वाचन आयोगले केही चिह्नहरू प्रयोग गर्न नपाइने भनी पूर्वनिर्धारित सूची सार्वजनिक गरेको छ भने सो सूचीबाहेक आयोगले स्वीकृत गरेका चिह्नमध्ये उम्मेदवारले छनोट गर्न पाउने व्यवस्था छ।

धेरै पढिएको