२६ माघ २०८२, सोमबार
Follow Us

हामी पदमा कुनै भागबण्डा नगरी आएका हौँ: रवि लामिछाने

नेपालब्रिटेन संवाददाता
२६ माघ २०८२, सोमबार ०६:३५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू पदमा कुनै भागबण्डा नगरी आएको बताएका छन् । उनले रुपन्देही निर्वाचन क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने ‘हामी नयाँ साथीहरू एकठाउँमा उभिएर आएका हौँ, पदमा कुनै भागबण्डा नगरी आएका हौँ, ५ वर्षको स्थायी सरकार बनाउने हो, एकै प्रधानमन्त्री रहने हो, त्यसका लागि स्थायी सरकार आवश्यक छ । अब युवा साथीहरू पहिलो पटक उम्मेदवार बन्दै हुनुहुन्छ, तपाईँको मत खेर जाने छैन ।’

उनले रास्वपाभित्रको एकता र आन्तरिक समझदारीबारे उल्लेख गर्दै पद र भागबण्डाको राजनीतिभन्दा माथि उठेर नयाँ पुस्ता एक ठाउँमा उभिएको दाबी गरे । उनले मुलुकले इतिहास लेख्ने अवसर पाएको र यस्तो अवसर विरलै पाइने बताए । उनले अब्बल युवा नेतृत्वले मात्रै देशको विकास गर्न सक्ने बताए ।

उने जनताको ताकतलाई नजरअन्दाज गर्न नहुने भन्दै अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भएको र अब जनताले उनीहरूलाई नपत्याउने बताए ।

धेरै पढिएको