काठमाडौं । झण्डै दुई तिहाई बहुमतसहितको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बालेन्द्र शाह (बालेन) को सरकार गठन हुने चर्चा अहिले व्यापक रूपमा चलिरहेको छ। आगामी चैत १३ गते शुक्रबार रामनवमीको शुभ साइतमा बालेनले प्रधानमन्त्री पदको सपथ लिने तयारी भइरहेको बताइएको छ।
स्रोतका अनुसार बालेन र पार्टी सभापति रवि लामिछानेबीच १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने विषयमा सहमति भइसकेको दाबी गरिएको छ। दुवै नेताबीच लामो छलफलपछि मन्त्रिपरिषद्को प्रस्तावित सूची टुंग्याइएको जनाइएको छ।
प्राप्त जानकारीअनुसार प्रस्तावित मन्त्रिपरिषद् यसप्रकार रहेको बताइएको छ :
प्रधानमन्त्री तथा रक्षामन्त्री : बालेन्द्र शाह (बालेन)
गृहमन्त्री : डिपी आर्याल
अर्थमन्त्री : डा. स्वर्णिम वाग्ले
परराष्ट्रमन्त्री : शिशिर खनाल
सञ्चार तथा सूचना प्रविधिमन्त्री : मनिष झा
जलस्रोत तथा सिँचाइमन्त्री : अमरेश सिंह
भौतिक पूर्वाधार तथा यातायातमन्त्री : डा. सुनिल लम्साल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : सस्मित पोखरेल
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री : सोविता गौतम
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री : सुधन गुरुङ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : यज्ञमणि न्यौपाने
युवा तथा खेलकुदमन्त्री : बल्लु गुप्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री : तोसिमा कार्की
मन्त्री (मन्त्रालय तोकिने बाँकी) : दीपक बोहरा
यद्यपि, उक्त विषयमा आधिकारिक पुष्टि भने हुन बाँकी रहेको छ।