काठमाडौं । प्रधानमन्त्री, मन्त्रीलगायतले साइत हेरेर शपथ लिने परम्परालाई लिएर अर्थमन्त्री रामेश्वर खनालले असन्तुष्टि व्यक्त गरेका छन् ।
भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शुक्रबार मध्याह्न १२ः३४ बजे शपथ लिने गरी साइत तय गरिएको भन्ने समाचार सार्वजनिक भएपछि अर्थमन्त्री खनालले यसबारे टिप्पणी गरेका हुन् ।
खनालले यस्तो परम्परा आफूलाई मन नपरेको स्पष्ट पारेका छन् । उनले आफूहरू सरकारमा आउँदा साइत हेर्ने वा देखाउने अभ्यासका लागि समय वा अवसर नै नभएको उल्लेख गर्दै त्यसको साटो देशले इतिहासमै पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको बताएका छन् ।
उनका अनुसार अहिलेको समयमा यस्ता परम्पराभन्दा इमान्दारी र सुशासन बढी महत्वपूर्ण विषय हुन् । उनले साइत हेरेर शपथ ग्रहण गर्ने अभ्यासप्रति पुनः असन्तुष्टि दोहोर्याउँदै यसलाई आफूले स्वीकार गर्न नसकेको धारणा व्यक्त गरेका छन् ।