काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ । पार्टी अध्यक्ष ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ ।
नेकपा एमालेका सचिव महेश बस्नेतका अनुसार, आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।
एमालेले ओली र काँग्रेस नेता रमेश लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।