२३ चैत्र २०८२, सोमबार
Follow Us

काँग्रेसभित्र देखिएको मतभेद संवादमार्फत समाधान गर्न प्रवक्ता चालिसेको सुझाव

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०८२, मंगलवार १०:५२

काठमाडौँ। नेपाली काँग्रेसभित्र आन्तरिक छलफल र समूहगत गतिविधि जारी रहेका बेला पार्टी प्रवक्ता देवराज चालिसेले मतभेद समाधानका लागि संवादलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेला चलिरहेका सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। धुम्बाराहीस्थित होटेल स्मार्टमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको भूमिकामा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक आह्वान गरेपछि प्रवक्ता चालिसेको प्रतिक्रिया आएको हो।

चालिसेले वर्तमान गतिविधिहरूले भविष्यमा अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्ने संकेत गर्दै निर्णय गर्दा दीर्घकालीन प्रभावलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेका छन्। उनका अनुसार पार्टीभित्र देखिएका असहमति र विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्नु नै उचित विकल्प हो।

धेरै पढिएको