काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दिपक बोहराले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न पहल गर्ने बताएका छन् । प्रवास विभाग प्रमुखमा नियुक्त भएपछि बोहराले यस्तो बताएका हुन् ।
फेसबुकमार्फत उनले भनेका छन्, ‘ विदेशमा रहेका नेपालीहरूले भोग्नुपरेका विविध समस्याहरूलाई सम्बोधन गर्न र उनीहरूको आवाज राज्यसम्म पुऱ्याउन विभागलाई पुलको रूपमा विकास गर्ने गरी हामी काम गर्छौँ ।’प्रवास विभागलाई गतिशील र परिणाममुखी बनाउन रचनात्मक सुझावको समेत अपेक्षा गरेका छन् ।