१८ चैत्र २०८२, बुधबार
Follow Us

आज सर्वदलीय बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८२, बुधबार ०५:२१

काठमाडौँ । आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । संघीय संसद् सचिवालयको आह्वानमा दिउँसो १ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २ बजे हुँदैछ ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ ।

धेरै पढिएको