२२ चैत्र २०८२, आईतवार
Follow Us

वाटरफ्रन्ट होटलले फेवातालको जग्गा मिचेको छैन : व्यवसायी कर्ण शाक्य

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८२, आईतवार ०५:४०

काठमाडौं । पर्यटन व्यवसायी कर्ण शाक्यले आफ्नो होटलले पोखरा फेवातालको जग्गा नमिचेको बताएका छन् । शनिबार पोखरा महानगरपालिकाले जग्गा मिचेको भन्दै उनको होटलको संरचना भत्काएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले प्रश्न गरेका छन्, ‘हाम्रो होटलले कुनै नियम उल्लङ्घन गरेको छैन । जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं। कुनै बैकको ऋण छैन । एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’

उनले कुनै पूर्व सूचना बिना नगरपालिकाले आफ्नो होटलको पर्खाल भत्काउन आउनु दुखद् रहेको बताएका छन् ।

फेवातालको ६५ मिटरको मापदण्ड तोकिएको छ । त्यस क्षेत्रभित्र पर्ने संरचना हटाउन अदालतले आदेश दिइसकेको छ । नयाँ सरकारले पनि १०० दिने कार्यसूचीमा फेवातालका अनधिकृत संरचना हटाउने विषय उल्लेख गरेको छ ।

धेरै पढिएको