९ बैशाख २०८३, बुधबार
Follow Us

काँग्रेसको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा विराटनगरमा हुँदै, सभापति थापा सहभागी हुने

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०८३, बुधबार ०२:१९

काठमाडौं । नेपाली काँग्रेसले आज विराटनगरमा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रममा पार्टीका सभापति गगन कुमार थापा पनि सहभागी हुने जनाइएको छ ।

निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा.डिला सङ्ग्रौलाले जानकारी दिइन्।

पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।

धेरै पढिएको