लण्डन । आगामी अगष्ट १५ र १६ मा चीनको गोन्झाउस्थित क्राउन प्लाजा गोन्झाउ सिटी सेन्टरमा आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन सफल पार्न उच्चस्तरीय समिति गठन गरिएको छ।
एनआरएनए एशिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलका अनुसार “आरोहण २०२६” शीर्षक दिइएको यस सम्मेलनले विश्वभर फैलिएका नेपाली डायस्पोरालाई नेपालका उदीयमान लगानी र पर्यटनका अवसरसँग जोड्ने लक्ष्य लिएको छ। सम्मेलनमा नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका विषयलाई मुख्य प्राथमिकतामा राखेर व्यापक छलफल गरिने जनाइएको छ।
सम्मेलन व्यवस्थापनका लागि क्षेत्रीय संयोजक दीपक कँडेलको संयोजकत्वमा गठन गरिएको मूल आयोजक समितिमा भविन्द्र बस्नेत (थाइल्याण्ड) उपसंयोजक तथा मुकुन्द ढकाल (आयोजक राष्ट्र–चीन) सदस्य सचिव रहेका छन्।
समितिका सदस्यहरूमा लालसिंह खड्का (कम्बोडिया), छत्र ढकाल (जापान), राम थापा ‘अमित’ (जापान), संगिता अधिकारी सुवेदी (जापान), सुभाष लामिछाने (जापान), इन्द्र तुफुङ (मलेसिया), पार्वती मोक्तान (दक्षिण कोरिया), विपिन गुरुङ (दक्षिण कोरिया), अनु राई (हङकङ), महेन्द्र श्रेष्ठ (थाइल्याण्ड), शिवराज पराजुली (कम्बोडिया), सुरेश मोर (म्यानमार), उज्वल लाल श्रेष्ठ (म्यानमार) तथा प्रकाश श्रेष्ठ (फिलिपिन्स) रहेका छन्।
