काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भारत भ्रमणसम्बन्धी विवरण भारतीय जनता पार्टी (भाजपा) ले औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आइतबार जारी गरेको विज्ञप्तिमार्फत उक्त भ्रमणबारे जानकारी दिइएको हो ।
जारी सूचनाअनुसार लामिछाने भोलि भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । उनी नितिन नवीन को निमन्त्रणामा नेतृत्व गरिएको भ्रमण दलको हिस्साका रूपमा सहभागी हुन लागेका हुन् ।
भ्रमणका क्रममा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भाजपा अध्यक्ष तथा अन्य वरिष्ठ नेताहरूसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
विज्ञप्तिमा रास्वपा र भाजपाबीच संगठनात्मक सम्बन्ध विस्तार, आपसी संवादको प्रारम्भ, लोकतान्त्रिक अभ्यास तथा जनमुखी राजनीतिक पहुँचसम्बन्धी अनुभव आदानप्रदान गर्ने उद्देश्यले उक्त भ्रमण आयोजना गरिएको उल्लेख गरिएको छ ।