६ श्रावण २०८३, बुधबार
Follow Us

अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात प्रोफेसर डेविड गेल्नर एनआरएनएको सल्लाहकारमा मनोनयन (सूचीसहित)

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०८३, आईतवार १८:०२

लन्डन – बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात सामाजिक मानवशास्त्री प्रोफेसर डेविड गेल्नर गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सल्लाहकारमा मनोनयन भएका छन्।

संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा शनिबारदेखि जारी ११५औं बैठकले उनलाई उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो।

प्रोफेसर गेल्नर नेपाली, नेवारी तथा तामाङ भाषामा समेत दक्ष मानिन्छन्। सामाजिक मानवशास्त्रको क्षेत्रमा उनको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। सामाजिक संरचना, धर्म, संस्कृति तथा राजनीतिक परिवर्तनसम्बन्धी उनका अध्ययनहरू अन्तर्राष्ट्रिय स्तरमा व्यापक रूपमा प्रशंसित छन्। विशेषगरी नेपाल र हिमालय क्षेत्रबारे उनका अनुसन्धानहरू उच्च मूल्याङ्कन गरिएका छन्।

सन् १९८० को दशकदेखि नै उनले नेपालका विभिन्न क्षेत्रमा प्रत्यक्ष अध्ययन गर्दै आएका छन्। नेपाली समाज, जातीय संरचना, धार्मिक अभ्यास तथा सामाजिक रूपान्तरणबारे उनले गरेको गहिरो अनुसन्धानले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा चिनाउन उल्लेखनीय योगदान पुर्‍याएको छ।

अक्सफोर्ड विश्वविद्यालयमा लामो समय अध्यापन गराएका प्रोफेसर गेल्नर हाल सम्मानित प्राध्यापकका रूपमा परिचित छन्।

यसैगरी, बैठकले एनआरएनएको केन्द्रीय सल्लाहकारमा पूर्वमहासचिवहरू गौरीराज जोशी, बीआर लामा, गंगाधार गौतम, आरके शर्मा, विनोद कुँवर, इन्द्रा बन, विनोद श्रेष्ठ, भवानी ओली र रतन झालाई समेत मनोनयन गरेको छ।

पूर्वअध्यक्षहरू आरके शर्मा र विनोद कुँवरको नाम भने उनीहरूको सहमतिपछि मात्र अन्तिम रूपमा टुंगो लगाइने जनाइएको छ। उनीहरूले यसअघि संघको एकता अभियानमा स्टेरिङ कमिटीमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बैठकका अन्य निर्णयहरू भने हालसम्म सार्वजनिक गरिएको छैन।

धेरै पढिएको