२६ असार २०८३, शुक्रबार
Follow Us

गणेश नेपालीका अन्तिम शब्दः ‘यो सबको कारण महानगर ट्राफिक हो’

नेपालब्रिटेन संवाददाता
२६ असार २०८३, शुक्रबार ०६:५१

काठमाडौँ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

उपचारको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको हो । उनको उनको शरीरको करिब ६५–७० प्रतिशत भाग जलेको थियो ।

मृत्युअघि उनले आफ्ना दाजु मदन नेपालीसँग छोटो संवाद गर्दै परिवारको हेरचाह गर्न आग्रह गरेका थिए । साथै उनले आफ्नो यस्तो अवस्थाको कारण महानगर ट्राफिक भएको आरोप लगाएका थिए ।

मृतकका दाजुका अनुसार गणेशले अन्तिम पटक भनेका थिए, ‘दाजु, ममी–बाबालाई राम्रो गर्नु । म यो सबको कारण महानगर ट्राफिक हो ।’ उनी थप बोल्न नसकेको गणेशका दाजुले बताए ।

दाजुका अनुसार गणेश नै परिवारको मुख्य आर्थिक आधार थिए । उनले कृषि जेटीए अध्ययन गरे पनि रोजगारीको अवसर नपाएका कारण मोटरसाइकल चलाएर जीविकोपार्जन गर्दै आएका थिए ।

उनले भने, ‘पारिवारिक आर्थिक अवस्था भनेको त्यही सबै अब भाइले नै थियो । हुन त भाइ पनि कृषि जेटीए पढेको हो तर अब हामी गरिबलाई जागिर खाने अवस्था पनि छैन । अब यही धन्न धन्न बाइकमा मुगुको जग्गा लालपुर्जा धरौटी राखेर पनि बाइक किस्ताबन्दी निकालेको थियो । ३ महिना भयो । अब त्यही किस्ताबन्दीको बाइकलाई आज अब यस्तो गरे। अब त्यही नै हो आर्थिक अवस्था त्यस्तै छ ।’

धेरै पढिएको