ताजा खबर

क्यान्सर पीडित बालकको उपचारमा सहयोग

काठमाडौँ – नयाँबानेश्वरस्थित काव्य विद्यालयका छात्र ÷छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् ।

कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावाँबेशी गाउँपालिका–४ ठुम्रे धारापानीका पाण्डे हाल रक्त क्यान्सरको दोस्रो चरण (एएलएल)को उपचार भइरहेको सम्बद्ध चिकित्सकले जनाएका छन् ।

छात्रछात्राका जन्मदिनका अवसरमा सङ्कलित रकममका साथै विष्णु बाँस्कोटा फाउण्डेशन एवं विद्यालय परिवारबाट सङ्कलित रु २५ हजार बुधबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य नवराज बाँस्कोटा तथा विद्यालयका बालनायक अनुभव रेग्मीले पीडित बालक पाण्डेलाई प्रदान गर्नुभयो । बिरामी बालकको थप उपचार गर्न रकम अभाव भएपछि रकम सङ्कलन गर्न स्काउटका वरिष्ठ शिक्षक बलराम प्यासीले पहल गर्नुभएको थियो ।

सो अवसरमा बिरामी बालकका पिता डिल्लीराम पाण्डे तथा आमा ज्ञानकुमारी पाण्डेले उपचारमा सहयोग गरेकामा विद्यालय परिवारलाई धन्यवाद दिँदै उपचारमा रकमको अभाव भएकाले थप सहयोगको अपेक्ष पनि गर्नुभयो ।

सो अवसरमा संस्थापक प्राचार्य बास्कोटा, संस्थापक निर्देशक सुनिलकुमार घर्ती, रिजन खड्का, शिक्षक गणेशकुमार दाहाल एवं दिलीप लामा तथा विद्यार्थी रोम भट्ट, सृष्टि लामिछाने र आभाश कुइँकेलले संविधानका विविध चर्चा गर्नुभएकोे थियो ।
रासस

About the author
nepalbritain news

nepalbritain news